चार दिनको चीन भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली, ऋणसम्बन्धि कुनै सम्झौता नभएको स्पष्टिकरण


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पार्दै चीन भ्रमणबाट प्राप्त कुरा ऋण नभएको स्पष्ट पारेका छन् । आफ्नो चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भने,‘अस्ति मैले आमसभामा पनि हामी कुनै ऋण लिन जाँदैछैनौं भनेको थिएँ । ऋणसम्बन्धी कुनै कुरापनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुरापनि चलेन । छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गर्यौं । हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरु गर्छौं । र, त्यसको इप्लिेमेन्टेशन कसरी गर्छौ भन्ने सम्बन्धमा । अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होईन भन्ने कुरा धेरैपल्ट भनिएको छ । अब धेरै दोहोर्याउन नपरोस भन्ने मेरो आग्रह छ ।’