काठमाडौं– मुक्त हलिया कमैया, कम्लहरी र हरुवाचरुवाहरुको न्यायेचित पुन स्थापनाकालागी परामर्श कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न कार्यक्रम दलित समाज उत्थान समिति नेपाल र राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमा सरोकारवालाहरूले मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाहरूको न्यायोचित पुनर्स्थापनाको विषयलाई सरकारले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । सरकारको नीति, कार्यक्रम तथा बजेटमा मुक्त कमैया, कमलरी, हलिया, हरवा चरवाहरुको न्यायोचित पुनर्स्थापनाको सम्बोधन गर्न नसकेको उनीहरुको गुनासो रहेको छ ।
अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधीहरुलेले मुक्त कमैया, कमलरी थारु समुदायका, हलिया दलित समुदायका तथा हरवा चरवा मधेसी समुदायका विपन्न वर्गहरू समस्या सम्बोधनमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका थिए ।
प्रतिक्रिया