नेपाली फिल्म क्षेत्रका चर्चित नायक पल शाहको बिहे चर्चाले यतिबेला सामाजिक संजाल रंगिएको छ । नायक शाहले माघ महिनामा बिहे गर्न लागेको खबर सार्वजनिक भएसँगै उनका फ्यानहरु उत्साहित छन् । यो बिषयमा पल शाहले भने केही पनि बोलेका छैनन् । तर, उनको बिहेको आन्तरिक तयारी भने धुमधामले अगाडि बढेको चर्चा छ ।
सामाजिक संजालमा केही नायिका तथा मोडलहरुको फोटो राख्दै उनको बिहे हुन लागेको चर्चा समेत गरिएको छ । तर, वुझिएअनुसार पलको बिहे फिल्म क्षेत्र भन्दा बाहिरकी यूवतीसँग हुन लागेको हो ।
पलले बिहे गर्न लागेकी यूवती को हुन् भन्ने खुलेको छैन । तर, उनी एमालेकी नेतृ भएको खबर पनि सार्वजनिक भएको छ ।
उसो त, पलले बिहे गर्ने भन्ने बिषयमा बारम्बार चर्चा हुने गर्दछ । तर, यी सबै हल्लाहरु पछि विस्तारै मत्थर हुने गरेका छन् । तर, यसपटक भने पल शाहको बिहेको चर्चा खुबै छ ।
पल भने महोत्सवमा बढी व्यस्त छन् । देशभर आयोजना हुने महोत्सवमा उनको माग पनि उच्च छ । सोहीकारण, उनी पूर्वदेखि पश्चिमसम्म आयोजना हुन लागेका महोत्सवमा बढी व्यस्त भएको पाइन्छ ।
प्रतिक्रिया