पलले अस्विकार गरे बिहेको खबर



नायक पल शाहले आफ्नो बिहे हुन लागेको खबरले आफू चकित भएको बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले, बिहेको खबरलाई अस्विकार गरेका हुन् ।

पलले सामाजिक संजालमा लेखेका छन्–‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरुले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु । तर, यहाँहरुलाई स्पष्ट होस् यो खबरले कुनै सत्यता छैन ।’

नायक शाहले माघमा बिहे गर्न लागेको खबरहरु सार्वजनिक भइरहेका छन् । तर, पलले भने साथीहरुको चिन्ता र चासोको कदर गर्ने उल्लेख गर्दै बिहेको खबरमा सत्यता नभएको बताएका छन् ।

नायक शाहले बिहेको खबरलाई अस्विकार गरेपनि उनको बिहे हुन लागेको चर्चा फिल्म वृत्तमा व्यापक छ । पलका नजिकका फिल्मीकर्मीहरु समेत उनको बिहे हुन लागेको खबरबारे जानकार छन् ।

तर, पलले भने तत्काल बिहेको रुमरलाई पाखा लगाइदिएका छन् ।