काठमाडौं– भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा उनी तीन घण्टाका लागि काठमाडौं रोक्किएका हुन् ।
बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् ।
स्वागतपछि उनी स्वयम्भूनाथको दर्शनमा पुगेका थिए । स्वयम्भूको दर्शनपछि उनी बौद्धनाथमा पनि पुजा गर्न पुगेका थिए ।
अनौपचारिक भ्रमणका सिलसिलामा आएका भूटानी राजा वाङचुक तीन घण्टाबढी समय लगाएर स्वयम्भू र बौद्धनाथको भ्रमण गरेका हुन् । अहिले भने उनी स्वदेश फर्किसकेका छन् । उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी छिन् ।
दशैँअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि भुटान गएका थिए । भुटानी राजपरिवारको निमन्त्रणामा सपरिवार भुटानको पुगेका उनी चार दिन त्यहाँ बसेका थिए । अनौपचारिक भ्रमण भनिएको उक्त बसाईमा के के भए भन्ने खुलाइएको थिएन । यद्यपी भुटानी राजपरिवारले नेपाली पूर्वराजपरिवारलाई भने विशिष्ट दर्जाको सम्मान दिएको थियो ।
प्रतिक्रिया