हिरासतमा रविमाथी प्रहरीले दुव्र्यवहार गरेको भन्दै निकिताले दिइन् उजुरी पुगिन्


काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका रवि लामिछानेमाथि प्रहरीले गैरकानुनी र अमानवीय व्यवहार गरेको भन्दै पत्नि निकिता पौडेलले उजुरी दिएकी छिन् । उनले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएकी हुन् । उजुरीमा प्रहरी महानिरिक्षक वसन्त कुँवर, चितवनका प्रहरी अधिकारीहरु लगायतलाई विपक्ष बनाइएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध थुनामा रहँदा र सहकारी प्रकरणमा अनुसन्धानका लागि विभिन्न जिल्लामा अड्डासार गर्ने बहानामा दुर्व्यवहार भएको उनले आरोप छ ।

अनुसन्धानका क्रममा विभिन्न शारीरिक एवं मानसिक यातना दिँदै मानव अधिकारहरूको गम्भिर उल्लङ्घन गरिएको उनको उजुरीमा उल्लेख छ । यस्तै लामिछानेको व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लङ्घन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्म सम्मानमा चोट पुर्याउने प्रयास भइरहेको भन्दै उजुरी दर्ता गरेकी हुन् ।

शुक्रबार नै रास्वपाले सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति चर्को असन्तुष्टि जनाएको छ ।

लामिछानेको निजी डायरी हिरासतबाटै गायब गर्दै मानवअधिकार हनन गरेको आरोप लगाउँदै राष्ट्रिय मानवअधिकार आयोग तथा मानवअधिकारकर्मीको ध्यानाकर्षण गराएको छ ।