ग्यास बुलेट अनियन्त्रित भई दुर्घटना


काठमाडौं- काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङको कृष्णभीरमा दुर्घटना भएको हो । भारतबाट काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेट आइतबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका(७ कृष्णभिरमा दुर्घटना भएको छ।

ग्यास बुलेट अनियन्त्रित भएर सडकबाट ५०र६० मिटर तल खसेको हो भनेर जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता इन्स्पेक्टर प्रल्हाद सिलवालले जनाएका छन्। ग्यास बुलेटका चालक भारतको बरुनी बस्ने बर्ष ४५ वर्षीय पंकजकुमार भन्ने बुझिएको इन्स्पेक्टर सिलवालले जनाए। उनको खोजी भइरहेको छ।