ब्रसेल्स– बेल्जियममा यौन व्यवसायीहरुका लागि राज्यले नै कानुनी व्यवस्था मिलाएको छ । यौनकर्मीहरुले पनि अन्य क्षेत्रका कर्मचारीहरु जस्तै औपचारिक रोजगारीको करार पाउने गरि कानुन बनाइएको हो ।
यस कानुनअनुसार उनीहरुले बिरामी र सुत्केरी बिदा पाउनेछन् । उनीहरुले हप्ते बिदा, स्वास्थ्य बिमा, बेरोजगारी भत्ता जस्ता सुविधाहरू पनि पाउने भएका छन् ।
यौनकर्मीहरूलाई अन्य कर्मचारी सरह अधिकार दिनेगरि ल्याइएको यो कानुन विश्वकै पहिलो कानुन हो । नयाँ कानुनअन्तर्गत यौनकर्मीहरूले सरकारबाट आफ्नो कामको लागि लाइसेन्स लिनु पर्नेछ । त्यसपछि औपचारिक रोजगारीको करारमा हस्ताक्षर गरेपछि यौनकर्मीहरूले पनि बेल्जियममा अरू कर्मचारीलाई दिइने हरेक खालको सामाजिक सुरक्षा पाउनेछन् ।
संसारमा नै पहिलो पटक यौनकर्मीका लागि ल्याइएको यो कानुनलाई धेरैले चासोका साथ हेरेका छन् । यस कानुनमा कुनै ग्राहकलाई सेवा दिन्न भन्न वा कुनै यौन कार्य गर्दिनँ भन्ने अधिकारसमेत समावेश गरिरहेको छ । ग्राहकलाई सेवा दिँइरहँला आफूमाथी दुव्र्यवहार भएमा बजाउनका लागि रिङ पनि राखिएको छ । त्यहाँका यौनकर्मीले गर्भावस्थामा, आफुले नचाहेको समयमा काम गर्न नपर्ने गरि कानुनले व्यवस्था मिलाएको भन्दै खुसी व्यक्त गरेका छन् । रहेकाले उनीहरुले खुसी व्यक्त गरेका छन् ।
यस्तै कतिपय आलोचकले भने यौन व्यवसाय जुनसुकै कानुन ल्याएपनि कहिल्यै सुरक्षित हुन नसक्ने भन्दै आलोचना गरेका छन् । उनीहरुले अन्य कुन जागिरमा असुरक्षित हुने भन्दै अल्राम राख्नुपर्ने हुन्छ भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया