हाम्रो शरिरमा चाहिने जतिसुकै राम्रो खानेकुरा नै किन नहोस त्यो राम्रो खानेकुरा कहिलेकाहि विष बनिदिन्छ । हो, त्यहि खानेकुरा हामिले मिलाएर खायो भने अमृत भइदिन्छ । आज हामि कुरा गरौँ धेरै फलफुल खाँदा फलफुलले कस्तो हानि गर्छ रु फलफूल स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा पाइने भिटामिन, मिनरल्स अनि फाइबर हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक पनि छन् । तर कुनै पनि चिज आवश्यकताभन्दा धेरै खानु राम्रो होइन । चाहे त्यो खानेकुरा फलफूल वा अरु खानेकुरा नै किन नहोस् । धेरै फलफूल खानु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
फलफूलमा पाइने फ्रुक्टोट मोटोपना, दाँतमा संक्रमण र पाचनमा गडबडीको कारण बन्न सक्ने विज्ञहरूले बताउँछन् । तपाई आफ्नो वजन घटाउन चाहनु हुन्छ वा स्वस्थ रहन चाहनु हुन्छ भने ज्यादा फलफूल खानुको सट्टा सम्पूर्ण रूपमा सन्तुलित पौष्टिक आहार खानुहोस् । आममानिसहरुले दुब्लाउनको लागि फलफूल मात्र खाएर बस्ने गर्छन् जुन एकदमै गलत हो । आफ्नै सोच विचार अनुसार डाइट ट्रेन्डलाई फलो गर्नु हुन्न ।
के भन्छन् विज्ञहरु ?
मानिसहरू छिटै तौल घटाउन धेरै फलफूल खाने गर्छन् । तर यस्तो गर्ने सल्लाह विज्ञहरूले फिटिक्कै दिँदैनन् । धेरै फलफूल खानु हाम्रो लागि हानिकारक हुन सक्ने विज्ञहरूको भनाई रहेको छ । फलफूलमा फ्रुक्टोज हुन्छ जस्को कारणले गर्दा मोटोपना बढ्छ ।
धेरै फलफूल खायो भने के हुन्छ ?
आवश्यकताभन्दा धेरै फलफूल खाँदा पाचनमा गडबडी, पखाला लाग्नेजस्ता समस्या आउन सक्छन् । फलफूलमा फाइबर र प्राकृतिक चिनी हुन्छ । यस्को असरले दाँत बिग्रिने गर्छन् । यसमा पाइने प्राकृतिक चिनीले रगतमा चिनीको मात्रा बढाउन सक्छ । मधुमेहका बिरामीका लागि धेरै फलको सेवन हानिकारक हुने गर्छ ।
दिनभरमा कति फल खानु पर्छ ?
विज्ञहरूका अनुसार एक दिनमा ४ देखि ५ सर्भिङ मात्रै फलफूल खानु पर्छ । फलफूलसंग तरकारी, बोक्रा नफ्याकेको अन्न, गेडागुडी, रुख बिरुवामा आधारित प्रोटिनलाई पनि आफ्नो खानामा समावेश गर्नु पर्छ ।
प्रतिक्रिया