काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत सिघ्र पठाइदिन माग गरेका छन् । ठाडो र बोलिचालीको भाषा शैली प्रयोग गर्दै उनले आइतबार मन्त्रालयलाई पत्र लेखेका हुन् ।
, ‘उपयुक्त सम्वन्धमा धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला रु यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौन तुरुन्त पठाइदिनुपर्यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् । धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिन अनुरोध छ ।’ पत्रमा लेखिएको छ ।
धरानमा प्रमुख प्रशासकीय अधिकृतको पद समययता रिक्त छ । गत असारबाट प्रशासकीय अधिकृतका रुपमा भुपेन्द्र राई काजमा आएका थिए । उनी करिब दुई साता अगाडि फिर्ता भएका छन् ।
प्रतिक्रिया