काठमाडौं हुँदै पर्सा लैजान रविलाई पुर्याइयो पोखरा विमानस्थल


काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ । आज भने पर्सामा बयानको लागि लगिएको छ । अहिले पोखरा विमानस्थलबाट उनलाई काठमाडौं ल्याएर यतैबाट सिमरा हुँदै पर्सा लगिने भएको छ ।

लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको भिडिओ उनका सहयोगी एवम् रास्वपाका नेता दीपक बोहोराले सार्वजनिक गरेका छन् । पर्सामा रहेको हाम्रो साईनो पाईला सहकारीको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धान हुने भएको हो । पर्सा प्रहरीले जिल्ला अदालतबाट पक्राउको अनुमति लिइसकेको छ ।