पर्सा लैजान रविलाई ल्याइयो काठमाडौं


काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ ।

आज भने पर्सामा बयानको लागि लगिँदैछ । लामिछानेलाई भर्खरै पोखरा विमानस्थलबाट काठमाडौं ल्याईएको छ । काठमाडौं ल्याईएका रविलाई दिउँसो साढे २ बजेको फ्लाइटबाट सीमरा लगिनेछ ।

पर्सामा रहेको हाम्रो साईनो पाईला सहकारीको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धान हुने भएको हो । पर्सा प्रहरीले जिल्ला अदालतबाट पक्राउको अनुमति लिईसकेको छ ।