काठमाडौँ- सुनसरीमा ६४ किलो गाँजा बरामद भएको छ। सोमबार भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा ईलाकाबाट करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण सुनसरी मातहत बोर्डर आउट पोष्ट उल्टीले बरामद गरेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
गाँजा ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई देखेपछि गाँजा छाडेर फरार भएका हुन्। थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाएको छ।
प्रतिक्रिया