काठमाडौं– चर्चित गायिका समीक्षा अधिकारी पछिल्लो समयमा नयाँ गीत रेकर्डिङ र विभिन्न कार्यक्रमहरुमा पर्फमेन्स गर्न व्यस्त छिन् । यसैक्रममा उनी हालै आफ्नो सांगितिक प्रस्तुति दिन कपिलवस्तु पुगिन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा यही मंसिर १९ गतेदेखि पुस २ गतेसम्म भइरहेको महोत्सवमा समिक्षालाई दर्शकले राम्रै साथ दिइरहेका थिए ।
महोत्सवमा स्टेजमा माइक समातेर गीत गाउन ठिक परेको बेला उनीविरुद्ध ‘१० लाख, १० लाख’ भन्दै हुटिङ हुन थाले ।
आफूलाई होच्याइरहेको उक्त माहोलमा पनि समिक्षा सम्हालिँदै हुटिङ गर्नेतर्फ अंकित गर्दै उनले त्यसको प्रतिवाद गरिन् । ‘तपाईँको दिदी, तपाईँको आमा, तपाईँको बहिनी हो १० लाख? आफ्नो दिदीबहिनीलाई भन्या हो ? गएर आफ्नो आमालाई भन्नु न जानु‘ सुन्नुभयो नि ’ समीक्षाले चुनौती दिँदै भनिन् । त्यसपछि आफूविरुद्ध हुटिङ गर्नेका अगाडी आफ्ना समर्थकलाई हल्ला गर्न भन्दै उनले आफूलाई माया गर्ने शुभचिन्तक कम नरहेको बताइइन् । उनले भनिन्, ‘त्यस्ता झारपात कुरामा ध्यान दिनु हुँदैन। अगाडि बढ्नुपर्छ है‘ जिन्दगीमा दुखको दिन सबै जनाको आउँछ के‘ कसैको देखिन्छ, कसैको देखिँदैन‘ फरक यत्ति हो‘ मेरो मात्रै लाइफमा होइन, भोलि तपाईँको आफ्नो छोरो चेली बैनीलाई पर्न सक्छ । त्यो बेला थाहा हुन्छ तपाईँलाई । अहिले अरूलाई गिराउन त सजिलो छ नि ।’
त्यसपछि उनी आफ्नो प्रस्तुतीतर्फ ध्यान केन्द्रित गराउँदै गीत गाउन थालिन् । हाल उक्त भिडियो क्लिप सामाजिक सञ्चालमा निकै चर्चा कमाइरहेको छ । अधिकांशले समिक्षाले उक्त अवस्थालाई साहसपूर्वक सामना गरेको भन्दै तारिफ गरेका छन् ।
प्रतिक्रिया