काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेमाथि सरकारबाट निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै निन्दा गरेका छन् । उनले लामिछानेमाथि गरिएको अमानवीय रोक्नको लागि पनि गम्भीर आग्रह गरेका छन् ।
उनले अदालतबाट दोषी ठहर नभएका र अध्याधिक जनमतद्धारा निर्वाचित भनेर लामिछानेको बचाउ गरेका छन् । प्रचण्डले फेशबुकमा लेखेका छन्–
अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा।रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।
प्रतिक्रिया