काठमाडौं– नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ५२ हजार २०० कायम भएको छ ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।
प्रतिक्रिया