‘रविलाई प्रहरीबाट अभद्र व्यवहार भएको छैन’


काठमाडौं– गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेर अनुसन्धानको दायरामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने कुरा हल्ला मात्र रहेको बताएका हुन् । लामिछानेमाथि न्यायपूर्ण तवरले अनुसन्धान कार्य जारी रहेको बताएका छन् ।

सुर्खेत पुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेका समर्थकहरुले अनुसन्धान प्रभावित पार्ने कार्य गरिरहेको आरोप लगाएका छन् ।

उनले भने,‘सहकारी रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरु पनि यसमा तानिएका छन्, अनुसन्धान हुँदै गर्दा अदालत घेर्ने काम भएको छ, यस्ता विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेको छ।’