नीताको इशारा कता ?



नायिका नीता ढुंगाना फिल्म ‘ह्रस्व दीर्घ’को शोका लागि जापानमा छिन् । उनी, आफ्ना श्रीमान् तथा कलाकार हरिहर अधिकारीको साथमा केही दिन अगाडि जापान पुगेकी हुन् ।

जापानमा रहेकी नीताले सोमबार सामाजिक संजालमा लेखिन्–‘जस्तालाई त्यस्तै ढिडालाई निस्तै, मज्जा आयो ।’

नीताको यो स्टाटसलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । विशेषगरि, नीताको स्टाटस चलचित्र संघले सेभेन सिज इन्टरटेन्मेन्टले बनाएका कुनै पनि फिल्म रिलिज नगर्ने चेतावनी दिएकै दिन आएको हो ।

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ रिलिज भएको दुई सातापछि नीताको फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज भएको थियो । सो समयमा नीताले घुमाएर सेभेन सिजको टिमले आफ्नो फिल्मलाई नकारात्मक बनाउन विभिन्न खालका फन्डा गरेको आरोप लगाइन् ।

उनले नाम नलिएपनि, ‘पुर्ण बहादुरको सारङ्गी’माथि उनको इशारा थियो । फिल्म चलेको सुरुवाती केही दिनमा नीताले आफ्नो फिल्मलाई सक्न, नकारात्मक बनाउन ठूलै समुह लागेको आरोप लगाएकी थिइन् ।

उनै, नीताको स्टाटस ‘पुर्ण बहादुरको सारङ्गी’का निर्मातामाथि लक्षित छ भन्ने धेरैको वुझाई छ ।

नीताले भने अहिलेसम्म यो स्टाटस किन लेखिन्, केही पनि खुलाएकी छैनन् ।