टिकटक ब्यान्ड भएको चर्चापछि अलिजेह भन्छिन्, ‘आफैँले डिएक्टिभेट गरेकी हुँ’


काठमाडौं– चर्चित टिकटकर अलिजेह जमेलीले आफले तत्कालको लागि आफ्नो पुरानो आइडिबाट टिकटकमा ब्रेक लिएको बताएकी छिन् । उनले पुरानो आइडिलाई डिएक्टिभ गरेको बताएकी हुन् ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफुले अर्को आइडिबाट टिकटक चलाउन लागेको र त्यसलाई फलो गर्नका लागि आग्रह गरेकी छिन् । आफु टिकटक लाइभमा आउन नछाड्ने पनि उनले उक्त भिडियोमार्फत बताएकी छिन् ।

अलिजेह जमेली नाममा रहेको उनको २२ लाखभन्दा बढी फलोअर्स रहेको आईडी सोमबार एकाएक गायब भएको थियो। यस्तै उनका हुनेवाला श्रीमान आयुस ठकुरीको करिब १५ लाख फलोअर्स रहेको टिकटक अकाउन्ट पनि टिकटकबाट गायब भएको थियो।

अलिजेह र आयुष दुबैको आइडी गायब भएपछि कतियपले ब्याण्ड भएको अनुमान लगाएका थिए । यसलाई खण्डन गर्दै अलिजेहले आफुहरुले नै आइडी डिएक्टिभेट गरेको बताएकी हुन् । पाकिस्तानी मुलकी अलिजेह र नेपालका आयुष नेपालका चर्चित टिकटकर हुन् । पछिल्लो समयमा आयुषले नयाँ घर बनाएको फोटो, भिडियो सार्वजनिक गरेपछि उनी टिकटकका साथै फेसबुक र अन्य सामाजिक सञ्जालमा पनि चर्चामा आएका थिए ।

सो लगत्तै आयुष र उनको आमाको बीचको टकराव पनि टिकटकलगायत सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो । त्यसयता उनीहरुका फलोअर्सले आयुष र उनका आमाको मध्ये एकजनाको समर्थन जनाउँदै सामाजिक सञ्जालमा भिडियो तथा स्टाटसहरु पोष्ट गरेका थिए । उनीहरुकी बिच आयुषकी हुनेवाला श्रीमती अलिजेहको बारेमा पनि विभिन्न किसिमका टिप्पणी हुने गरेका थिए ।

यसको प्रतिकार गर्दै अलिजेहले ‘नेपालको टिकटक अलिजेह र आयुषले गर्दा नै चलेको’ प्रतिक्रिया दिएकी थिइन् । आफूलाई अरु देशबाट आएको कारण नराम्रो व्यवहार गरेको भन्दै म यहिँ बस्छु जे गर्नसक्छौ गर भन्ने प्रतिक्रिया दिएकी थिइन् । उनले सो भिडियोमा नेपालीहरुको बारेमा बोलिरहँदा ‘हिजडे’ शब्दको प्रयोगसमेत गरेकी थिइन् ।

अलिजेहको उक्त भिडियोप्रति धेरैले आपत्ती जनाएका छन् । उनको उक्त अभिव्यक्ति ठीक नभएको भन्दै आक्रोशित हुँदै टिकटक बनाएका छन् । कतिपयले अलिजेहको टिकटकलाई रिपोर्ट गर्नुपर्ने भन्दै प्रतिक्रिया दिएका थिए ।