काठमाडौं- काठमाडौंमा भन्सार छलेको गाडी र स्रोत नखुलेको १४ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेका छन् ।
कीर्तिपुर नगरपालिका १० बाट सोमबार प्रहरीले भन्सार छलेको गाडी र १४ लाख ६० हजार नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
पक्राउ पर्नेमा अर्घाखाँची घर भई ललितपुरको हात्तिवन बस्ने ४३ वर्षीय चिरञ्जीवी पौडेल, धनुसाका ३० वर्षीय बिक्की रन्जन जैसवाल र चिनियाँ नागरिक सुइ जुम्लिङ रहेका छन्।
उनीहरूबाट भन्सार छलेर ल्याएको बा २४ च ३२९३ नम्बरको गाडी, पाँच वटा मोबाइल ७ वटा फोन र २३ वटा स्मार्ट वाच बरामद गरेका छन् ।
प्रतिक्रिया