काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेमाथि अहिलेको सरकारले प्रतिशोध साँधेको र आतंकित पार्ने काम गरेको आरोप लगाएका छन् । उनले लामिछानेमाथि कांग्रेस र एमालेले गरेको आतंकको मूल्य चर्को पर्ने पनि चेतावनी दिए ।
आज (मंगलबार चितवनमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई प्रधानमन्त्री भइदिनुस भनेर भनेको र सुनेको आफ्नै कानले सुनेको र आँखाले देखेको पनि स्मरण गराए ।
उनले भने,‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले र कानले देखेको छु,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’
प्रतिक्रिया