फिल्म ‘जारी’मा काम गर्दा कलाकार परिक्षा लिम्बुलाई दर्शकले खासै नोटिस नै गरेनन् । तर, फिल्म ‘पुजार सार्की’मा उनी सह–नायिकाको रुपमा देखिइन् । यो फिल्ममा नायक प्रदीप खड्काको जोडीको रुपमा देखिएपछि भने परिक्षा दर्शकमाझ परिचित भइन् । तर, फिल्मको क्रेडिट प्रदीपको भागमा गयो ।
तर, फिल्म मेकरको नजरमा भने उनी परिरहेकी छिन् । हालैमात्र उनले फिल्म ‘सोल्टिनी’मा काम गर्ने पक्का भएको छ । यो फिल्ममा उनी मुख्य नायिका हुन् ।
केही फिल्ममा काम गर्ने वित्तिकै मुख्य नायिकाको रुपमा अनुवन्धित हुनु उनका लागि सुखद कुरा हो । यो फिल्ममा परिक्षा कलाकार प्रकाश सपुतको साथमा देखिदैछिन् ।
यो फिल्मले उनलाई अब मुख्य नायिकाको रुपमा उभ्याएको छ । साथमा, करिअरलाई अगाडि बढाउनका लागि मद्दत पनि गर्ने देखिन्छ ।
नेपाली फिल्म क्षेत्रमा अहिले कलाकारको क्यारेक्टर चलिरहेको छ । यहाँ, कुनै कलाकारको स्टारडम भन्दा पनि अभिनय विकेको अवस्था छ ।
यस्तो अवस्थामा परिक्षाले आफूलाई बुलन्द अभिनयमार्फत दर्शकमाझ स्थापित गर्न सक्छिन् । यस्तो भएको खण्डमा, नाम फिल्म क्षेत्रमा अग्रपंक्तिमा आउने पक्का छ ।
प्रतिक्रिया