लगातार बढ्दै सुनको भाउ, आजपनि दुई हजारले वृद्धि


काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपैयाँ पुगेको हो ।

मंगलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।