क्रिसमसको अवसरमा सिंगल युवकका लागि अफरः दुई घण्टादेखि ६ घण्टासम्म प्रेमिका भाडामा


काठमाडौं– जब उमेर पुगेका व्यक्ति घरमा सिंगल हुन्छन् । परिवारदेखि आफन्त सबैजनाको नै ध्यान त्यही व्यक्तिको जोडी कसरी बाँध्ये भन्नेमा हुन्छ । अझ चाडपर्वको समयमा परिवारमा हुने जमघटमा विवाहको लागि धेरै नै प्रेसर दिइन्छ ।

यस्ता समस्याबाट बच्नका लागि अमेरिकामा एक युवतिले अनौठो अफर ल्याएकी छिन् । उनले क्रिसमस नजिकिँदै गएकाले सिंगल युवाहरुलाई भाडामा गल्फे्रन्ड लिनका लागि अफर ल्याएकी हुन् ।

मियामी घर भएकी रेबेकाले सोसल मिडियामा आफ्नो क्रिसमस गर्लफ्रेण्ड प्याकेजको घोषणा गरेकी हुन् । उक्त प्याकेजमा घण्टाको डेढ सय डलरदेखि ६ सय डलरसम्मका तीनवटा अ.अफर रहेका छन् ।

पहिलो प्याकेजको रुपमा रहेको सिल्भर प्याकेजको शुल्क २५० डलर रहेको छ । यो प्याकेजमा उनलाई नगदसँगै उनलाई एउटा उपहार पनि दिनुपर्नेछ। त्यसको बदलामा रेबेकाले युवकको परिवारसँग गर्लफ्रेण्ड जस्तै बनेर २ घण्टा बिताउनेछिन्, जसमा डिनर गर्ने वा चुट्किला सुनाउने लगायतका काम पनि हुनेछन् ।

त्यस्तै दोस्रो गोल्ड प्याकेजमा तीन घण्टाको समय रहनेछ । यसका लागि साडे ४०० डलर शुल्क तिर्नुपर्नेछ । यसअन्तर्गत जेसेनियाले क्रिसमसको दिन ३ घण्टाको समय सम्बन्धित युवकको घरमा बिताउनेछिन् । त्यसक्रममा उनले सम्बन्धित युवकसँग साँच्चीकै प्रेममा रहेको नाटक गर्दै आफूहरुको भेट कहाँ भएको भन्ने लगायतका मनगढन्ते कहानी पनि भन्नेछिन् ।

उनले ल्याएको प्याकेजमध्ये सबैभन्दा प्रिमियम प्याकेज प्लाटिनम प्याकेज रहेको छ । यसका लागि ६०० डलर तिर्नुपर्नेछ । यो प्याकेज अन्तर्गत उनी ६ घण्टासम्म एक प्रेमिल प्रेमिका बनेर युवकको घरमा रहनेछिन् । साथै परिवारजनकै अगाडि युवकलाई आइ लभ यु पनि भन्नेछिन् र गालामा चुम्बन समेत गर्नेछिन् । साथै डिनर खाइसकेपछि परिवारका भाँडाकुँडा पनि धोएर परिवारलाई इम्प्रेस गर्ने काम पनि गर्नेछिन् ।

रेबेकाले आफ्नो उक्त अफरलाई एक्समा शेयर गरेकी हुन् । त्यसमा धेरै प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।