काठमाडौँ- सुख्खा फलफूलमध्ये हाडे बदाम आल्मोन्ड लाई निकै स्वास्थ्यकर मानिन्छ । धेरै पोषक तत्त्व र स्वास्थ्य लाभहरूले भरिएको, हाडे बदाम प्राय मीठो परिकार, मिठाई, शेक, स्मूदीमा प्रयोग गरिन्छ।
यसलाई जसरी पनि हामि खान सक्छौँ । भुटेर वा बिहान पानीमा भिजाएर खायौँ भने पनि यस्ले फाइदा दिन्छ । बालबालिकालाई पानीमा भिजाएर हाडे बदाम खुवाउँदा उनीहरूको दिमागलाइ तेजिलो गराउँछ ।
तर, कतिपय मानिसले दिनमा धेरै हाडे बदाम खान्छन्, जुन शरिरको लागि राम्रो होइन । हाडे बदाम खाने उपयुक्त समय पनि हुन्छ । यदि तपाईँ यसबाट बढी फाइदा लिन चाहनुहुन्छ भने यसलाई खाने सही तरिका थाहा पाउँन जरुरि छ ।
हाडे बदाममा पाइने पोषक तत्त्वहरु
हरेक २८ ग्राम अर्थात् लगभग २३ बदाममा क्यालोरी १६०, फाइबर ३।५ ग्राम, हेल्दी फ्याट १४ ग्राम, प्रोटिन ६ ग्रामका साथै कार्बोहाइड्रेट, म्याग्नेसियम, क्याल्सियम, आइरन, भिटामिन ई आदि पाइन्छ । यसमा एन्टिअक्सिडेन्टमा पनि प्रशस्त हुने गर्छ। विशेष गरी यसको बोक्रामा रहेको एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनावबाट बचाउँछ।
एक दिनमा कतिवटा हाडे बदाम खानुपर्छ
दिनभरिमा धेरैमा ७ देखि ८ वटा हाडे बदाम खानुपर्छ । यसले ऊर्जा बढाउँछ। दूध वा पानीमा भिजाएर पनि हाडे बदाम खान सकिन्छ ।
यदि तपाईँलाई यसरी खान मनपर्दैन भने तपाईँले काँचो बदाम पनि खान सक्नुहुन्छ । भुटेर पनि हाडे बदाम खान सकिन्छ ।
हाडे बदाम कहिले खाने
हाडे बदाम बिहान खानु राम्रो हो। खासगरी खाली पेटमा खाना खानु राम्रो मानिन्छ । यसले दिनभर ऊर्जा प्रदान गर्छ। यो ऊर्जाको राम्रो स्रोत हो त्यसैले कसरत गर्नुअघि यसलाई खान सक्छौँ । कसरत पछि, तपाईंले ग्रीक योगर्ट जस्तै प्रोटिनसँग जोडा गरेर बदाम खान सक्नुहुन्छ। यसले मांसपेशीहरूको पनि मर्मत गर्नेछ।
राति हाडे बदाम खाँदा राम्रो निन्द्रा आउँछ साथै यसमा पाइने म्याग्नेसियमले मानिसलाई आरामको अनुभूति गराउनुका साथै अनिन्द्राको समस्यालाई पनि हटाउन मदत गर्छ ।
प्रतिक्रिया