रवि लामिछाने चढेकै जहाजबाट पोखरा गइन् निकिता, रवि छुट्न लागेका हुन् त?


काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ।

सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका लामिछानेको पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा बुधबार बिहान बयान सक्किएपछि उनलाई पोखरा लगिएको थियो ।

पर्साबाट बाराको सिमरा विमानस्थल हुँदै रविलाई बुधबार बिहान काठमाडौं ल्याइएको थियो । रविलाई काठमाडौंबाट पोखरा लगिएको हो । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा लगिएको हो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि छिन्। तर रवि र निकिता फरक–फरक सिटमा छन्।

रविलाई पोखराबाट बयानका लागि सोमबार काठमाडौं हुँदै वीरगञ्ज लगिएको थियो। उनको त्यहाँ बयान सक्किएपछि दुई दिनमा नै पोखरा फिर्ता ल्याइएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ। आइतबार थपिएको चार दिनको म्याद सक्किएपछि आज उनलाई पोखरा लगेर अदालतमा उपस्थित गराउन लागिएको हो । यस्तै रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पाउने समय अब १० दिनमात्र बाँकी छ ।