आजदेखि पुस ५ गतेसम्म राजधानिको विभिन्न स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने


काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि पुस ५ गतेसम्म दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

बुधबार विद्युत प्राधिकरणले सूचना निकालेर फरक फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने भएकाले ती फिडरअन्तर्गतका क्षेत्रहरुमा विद्युत अवरूद्ध हुने बतायको छ।

प्राधिकरणका अनुसार आज बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिने भएको छ । त्यसैले आज बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।

बिहीबार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ भने शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।

पुस १ गते म कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडर अन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्र, पुस ४ गते बाफल फिडर अन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले बताइएको छ।

ती क्षेत्रमा विद्युती तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको हो र मौसम प्रतिकूल रहे सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ।