काठमाडौं– अफगानिस्तानको गृह मन्त्रालयभित्र आत्मघाती बम आक्रमण भएको छ । उक्त आक्रमणमा परेर शरणार्थी मन्त्री खलिल हक्कानीको मृत्यु भएको छ ।
चरमपन्थी समूह तालिबानले सन् २०२१ मा अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो । उक्त समूहका उच्च नेता रहेका खलिल मारिएका हुन् ।
कार्यालयबाट बाहिरिँदै गर्दा भएको उक्त विस्फोटमा हक्कानीका अतिरिक्त अन्य ६ जना पनि मारिएको बीबीसीले जनाएको छ । खलिल हक्कानी तालिबानभित्रको शक्तिशाली समूह हक्कानी नेटवर्कका शीर्ष नेता थिए। सन् २०११ मा अमेरिकाले उनलाई वैश्विक आतंकवादीको सूचीमा राखेको थियो । उनबारे सूचना दिनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।
अर्को चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस)ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । आईएसको एक जना लडाकु मन्त्रीको कार्यालयबाहिर कुरेर बसेको र मन्त्री बाहिर निस्किने बित्तिकै विस्फोट गराएको उल्लेख गरिएको छ ।
मारिएका मन्त्री भतिजा सिराजुद्दिन हक्कानी वर्तमान तालिबान सरकारमा गृहमन्त्री छन् ।
प्रतिक्रिया