काठमाडौँ- नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा बुधबार टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
टिपरको ठक्करबाट किस्पाङ–४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको छ ।
ठक्कर दिने बागमती प्रदेश ३–०१–००३ क ७१८७ नम्बरको टिपरमा स्थानीयले क्षति पुर्याएका छन् र घटनापछि चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
न
घटनाका विषयमा स्थानीयले दोषी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै शव उठाउन दिएका थिएनन्।
पीडितको माग अनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिका लागि कानुनअनुसार अघि बढ्ने सहमतिपछि साँझ ८ बजे शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको हो।
प्रतिक्रिया