‘राजा’ को ? ‘दीपकराज कि केदार घिमिरे’



नेपाली फिल्म क्षेत्रमा ‘राजा’ भन्ने वित्तिकै दर्शकको दिमागमा कलाकार दीपकराज गिरीको नाम अगाडि आउँछ । फिल्म ‘छक्का पन्जा’बाट दीपकराजलाई दर्शकले ‘राजा’को रुपमा चिन्दै आएका हुन् ।

तर, अब फिल्म क्षेत्रमा अर्का कलाकार पनि ‘राजा’को रुपमा स्थापित हुने तयारीमा छन् । उनको नाम हो, केदार घिमिरे ।

कलाकार घिमिरेले मुख्य भूमिकामा काम गर्न लागेको फिल्म ‘माग्ने राजा’को अफिसियल घोषणा भएको छ । यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन् ।

फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन् भने मुनाल घिमिरे यो फिल्मका लगानीकर्ता हुन् । उसो त ‘माग्ने राजा’ नाममा यसअघि पनि फिल्म बनाउने चर्चा नभएको होइन ।

दीपकराज गिरीको टिमले नै ‘छक्का पन्जा ४’को शुभसाइत गर्नु भन्दा एक दिन अगाडिसम्म ‘माग्ने राजा’ नाममा नै फिल्म बनाउने तयारी गरेका थिए । फिल्मका लागि चलचित्र विकास बोर्डमा प्रोसेस पनि अगाडि बढाइएको थियो ।

यो फिल्म रिलिज भएपछि केदार ‘राजा’को रुपमा चिनिने संभावना देखिन्छ । किनकी, फिल्मको शिर्षकमा नै ‘राजा’ नाम राख्दै केदारले केन्द्रिय भूमिकामा काम गर्न लागेका छन् ।

‘माग्ने राजा’ रिलिज भएपछि फिल्म क्षेत्रको ‘राजा’को भन्ने बहस उब्जियो भने अचम्म नमान्दा हुन्छ ।