रविलाई थप ९ दिन हिरासतमा राख्ने गरि म्याद थप्न माग


काठमाडौं– रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ ।

प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो । अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ ।

अबको नौ दिनमा प्रहरीले सम्पत्ती शुद्धिकरण र संगठीत अपराधमा अनुसन्धान गरि अभियोजन पत्र तयार गर्न पाएको समय सक्किँदैछ । त्यसैले रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा मुद्दा दायर गरिसक्ने योजना प्रहरीको छ । यद्दपी रविलाई म्याद थप गर्ने वा थुनामुक्त गर्ने भन्नेबारे भने अदालतले फैसला गर्नेछ ।