काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ ।
विमानस्थलको स्तरोन्नती गर्न भन्दै २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल अब भने ८ घण्टा मात्र बन्द हुने भएको हो । यात्रुको सहजताका लागि आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
‘त्रिभुवन विमानस्थलमा निर्माणका कामको गति बढिरहेका कारण यात्रु सहजताका लागि उडान समय बढाइएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।
हाल त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ। आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।
प्रतिक्रिया