काठमाडौं– चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका दुई जनालाई झापा लगिएको छ । गोरखा घर भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ घर भएका ३५ वर्षीय दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको हो।
उनीहरुलाई गिरिबन्धु टी–स्टेटमा बम राखेको घट्नामा अनुसन्धानका लागि झापा लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेको दुई जना भूमिगत रूपमा नेकपा माओवादी नामको पार्टी गठन गरेर बम आतङ्क र चन्दा असुली जस्ता काममा सक्रिय रहँदै आएको प्रहरीको भनाई छ ।
गत भदौ २८ गते बिहान बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेट प्रा. लि. को पश्चिम पर्खालनजिकै उनीहरुले ‘कुकर बम’ राखेका थिए । विस्फोटक पदार्थ राखेको ठाउँमा नेकपा ९माओवादी० पूर्व केन्द्रीय कमान्डको लेटरप्याडमा ‘गिरबिन्धु टी–स्टेट कब्जा किन ?’ भन्ने पर्चा छाडिएको थियो । त्यसपछि उनीहरु फरार भएका थिए ।
सो घट्नामा संलग्न मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय घर भएका धिरज माझीलाई समेत झापा प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूमाथि ९ दिन म्याद मिलान गरेर विष्फोटक पदार्थसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया