स्वकीय सचिव सोचेर वामदेवले ओलीलाई फोनमा भने, ‘प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ’


काठमाडौं– राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

शुक्रबार फोन गरेर नै गौतमले ओलीको राजीनामा मागेका हुन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले गौतमले फोन गरेर आफ्नो राजीनामा मागेको जानकारी गराएका हुन्।

अव म बुढो पनि भइसके जे सुकै भएपनि मलाई केही छैन, त्यसकारण म कुरा भन्दैछु । मेरै स्वरमा छ । अव केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ, पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ रु भन्देऊ तिम्रो ठुलो बालाई भनेर कुरा मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश भनेर’, ओलीले भने ।

गौतमले प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव राजेश बज्रचार्यलाई फोन गरेका थिए । तर,फोन ओलीले नै उठाएका थिए । ओलीको स्वर नचिनि गौतमले एकोहोरो आफ्नो कुरा राखेका थिए । अन्तिममा राजीनामा मागेपछि आफूले पनि हवस भनेको ओलीले बताए ।

‘प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस हजुर भनेँ । अब के भन्नु । हस म भन्दिउँला भनेँ । फोन राखेँ’ओलीले भने ।