फिल्म ‘कर्मा’को छायांकन सुरु गरिएको छ । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको यो फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो । दाङको घोराहीबाट फिल्मको छायांकन सुरु गरिएको जानकारी निर्माणपक्षले दिएको छ ।
यो फिल्मलाई ४० दिन दाङ र ६ दिन रुकुममा खिचिनेछ । यो फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
फिल्ममा कलाकार मुकुन भुषाल खलपात्रको भूमिकामा देखिन लागेका हुन् । एक्सन ड्रामा जनरामा निर्माण हुने यो फिल्ममा चौधरीको लेखन छ । नायक विपिन कार्की पहिलो पटक यो फिल्ममा एक्सन अवतारमा देखिदैछन् ।
आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो फिल्ममा बसन्त लम्सालको लगानी छ । यो फिल्मलाई चैत्रको २९ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया