काठमाडौं– त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरेको छ । त्रिविका कूलपतिसमेत रहेका प्रधानमन्त्ती केपी शर्मा ओलीले कार्यकारी परिषद्लाई पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनलगत्तै ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरिएको हो ।
छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट मेरिटका आधारमा एक जनाको नियुक्ति गरिएको त्रिविले जनाएको छ ।
बैठकले शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा। मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा। लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।
यी हुन नियुक्त भएका ८ जना डीन
शिक्षाशास्त्र संकाय– प्रा.डा. बेदराज आचार्य
वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक ठाकुर सिलवाल
चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा.डा. मोहोनराज शर्मा
मानविकी तथा सामाजिकशास्त्र- प्रा.डा. द्विविनन्द ढकाल
व्यवस्थापन संकाय- प्रा.डा. महानन्द चालिसे
विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा.डा. शंकर खनाल
कृषि र पशुविज्ञान अध्ययन संस्थान- सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल
इन्जिनियरिङ अध्ययन संस्थान- प्रा.डा. सुशीलबहादुर बज्राचार्य
प्रतिक्रिया