पल शाहः काम कुरो एकातिर, चर्चा सबै बिहेतिर



नायक पल शाहको यो बर्ष दुई वटा फिल्म रिलिज भए । फिल्म ‘पुजार सार्की’ हिट भएपनि सबै क्रेडिट उनको नाममा गएन ।

किनकी, यो फिल्मको क्रेडिट नायक प्रदी खड्काले आफ्नो अभिनयका कारण सर्लक्कै आफूतिर खिचेका थिए ।

दोस्रो, पलको फिल्म ‘रावायण’ बक्स अफिसमा असफल मात्र भएन उनको करिअरलाई पनि अप्ठ्यारोमा पार्ने गरि अगाडि आयो । यो फिल्ममा पलको गेटअपले आलोचना भोग्यो । संभवत, यो वर्ष सर्वाधिक धेरै आलोचना भोग्ने फिल्ममा पल शाहको ‘रावायण’ नै हुने देखिएको छ ।

उनै, पलको हातमा ३ वटा फिल्म त छन् । तर, ती फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का भएको छैन । यस्तो अवस्थामा पल अब पार्लर उद्घाटनमा समेत उपस्थित हुन थालेका छन् ।

शनिबार एउटा पार्लरको उद्घाटनमा पुगेका नायक शाह बिहेको प्रश्नमा घेरिए । तपाइले बिहे गर्न लाग्नु भएको हो, केटी को हो, बिहेमा कुन पार्लरमा मेकअप गर्नुहुन्छ जस्ता प्रश्न उनको वरिपरी आयो ।

पलले पनि सधै झै एउटै जवाफ फर्काए, होइन होइन । माघमा बिहे गर्न लागेको खबर गलत हो । अहिले बिहेको कुनै योजना नै बनेको छैन ।

पलको चर्चा कामको भन्दा अन्य कुराले बढी हुन्छ । अब, उनको चर्चा बिहेका कारण हुन थालेको छ । यसले, पललाई हरेक दिन बिहेको बिषयमा जवाफ दिनुपर्ने अवस्था आएको छ । अर्कोतिर, उनको कामको कुरा पनि ओझेलमा परेको छ ।