हाँस्य कलाकार विल्सन विक्रम राईले निर्देशन गर्ने भनिएको फिल्म ‘लाहुरे एण्ड दाउरे’को घोषणा भएको लामै समय भयो । यो फिल्ममा विल्सनले नायक दयाहाङ राई र कलाकार वुद्दि तामाङलाई अनुवन्धित पनि गरिसकेका थिए । विल्सनको कुरा मान्ने हो भने, फिल्मको छायांकन केही महिना अगाडि नै सकिनुपर्ने हो ।
तर, अहिले यो फिल्मको अत्तोपत्तो छैन । फिल्म बन्छ या बन्दैन भन्ने पनि पक्का छैन । तर, विल्सन भने बाहिरी ब्यानरका फिल्ममा कलाकारको रुपमा अनुवन्धित भइरहेका छन् । उनले, फिल्म ‘ज्वाइँ साब’ काम गरे ।
अब, उनी नयाँ फिल्म ‘सोल्टिनी’मा पनि काम गर्दैछन् । अर्जुन सुवेदीले निर्देशन गर्न लागेको यो फिल्ममा प्रकाश सपुत र परिक्षा लिम्बु अनुवन्धित भइसकेका छन् । केही समयमा नै यो फिल्मको छायांकन सुरु हुँदैछ ।
विल्सनले फिल्म निर्देशन गर्ने भनेर राम्रै हल्लाखल्ला पनि गरे । तर, अहिले आफ्नो निर्देशनको फिल्मलाई थाती राख्दै उनी अरुको फिल्ममा काम गरिरहेका छन् । के, विल्सनले निर्देशन गर्ने भनिएको फिल्म बन्ला त ? प्रतिक्षा गरौं ।
प्रतिक्रिया