‘होस्टेल ३’ अब फागुन १६ मा नआउने



नेपालमा फिल्मको प्रदर्शन मिति पहिले तय गर्ने र पछि काम नसकिएको भन्दै सर्ने रोग नयाँ होइन । कुनै चाडपर्वमा फिल्म रिलिज गर्न निर्माताहरु हतारिन्छन् । तर, निर्धारित समयमा काम नसकिएपछि उनीहरु पछि सर्छन् ।

फागुनको १६ गतेबाट रिलिजमा आउने भनिएको फिल्म ‘होस्टेल ३’ अब निर्धारित मितिमा रिलिज नहुने भएको छ । फिल्मको प्रदर्शन मिति अब फागुन १६ बाट पोष्टपोन्ड भएको जानकारी निर्माणपक्षले दिएको छ ।

सशान कँडेलको निर्देशनमा तयार भइरहेको यो फिल्मको हाल गीतको छायांकन भइरहेको छ । फिल्म ‘होस्टेल ३’ पोष्टपोन्ड हुनुको कारण निर्धारित मितिमा अन्य केही फिल्म पनि रिलिज हुनु हो ।

यसको निर्माणपक्षले एकसाथ अन्य फिल्मसँग जुधेर कम शो पाउनु भन्दा सोलो रिलिज गर्दा फाइदा हुने देखेर नै प्रदर्शन मिति पोष्टपोन्ड गरेको वुझिएको छ ।

यो फिल्ममा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटाी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरुको अभिनय छ ।