विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट


काठमाडाँै- फुङलिङ नगरपालिका ६ मा सोमबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार धरान बसोबास गर्दै आएका महेन्द्र गुरुङको घर जलेर नष्ट भएको छ ।

वडाध्यक्ष तेज गुरुङका अनुसार ढुंगा माटोले बनेको र टीनको छानो भएको तीनतले घर जल्दा ८ लाख बढीको क्षति भएको छ । गरगहना र नगद गरी २ लाख ४६ हजार रुपैयाँ जलेको पाइएको वडाध्यक्ष गुरुङले जनाए ।

समयमा दमकल पुगे पनि दमकल पुग्ने बाटो नभएकाले आगलागी भएको देखेरपनि निभाउने उपाय नभएको उनले बताए ।