किन मिडियाबाट टाढा बस्न चाहन्छिन् साम्राज्ञी ?



नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियाबाट टाढा नै छिन् । अहिले त उनको हातमा फिल्म पनि छैन् । उनले साइन गरेको एउटा फिल्म ‘रुमानी रंग’ पनि बनेन । जसकाकारण, साम्राज्ञी कहिलेकाही म्युजिक भिडियोमा झुल्किन्छिन् । अन्य समयमा भने उनी के गर्छिन् कसैलाई पनि अत्तोपत्तो छैन ।

उनै, साम्राज्ञी शनिबार आयोजना भएको एक फेसन शोमा झुल्किइन् । सो स्टपरको रुपमा देखिएकी साम्राज्ञीले र्याम्पमा दर्शकको मन जितिन् । उनको पहिरन, फेसन गज्जब थियो । तर, र्याम्प शोमा हिडेपछि भने साम्राज्ञीले मिडियासँग कुराकानी गर्न मानिनन् । साम्राज्ञीसँग मिडियाकर्मीले प्रतिक्रियाका लागि आग्रह गरेपनि उनी नजिक पर्न चाहिनन् ।

साम्राज्ञीले मिडियासँग दुरी बनाएको यो पहिलो घटना भने होइन । उनी बारम्बार मिडियाबाट टाढा रहँदै आएकी छिन् । अझ, साम्राज्ञी आफ्नो व्यक्तिगत जीवनलाई भने मिडियाबाट टाढा नै राख्न चाहन्छिन् ।

फिल्मको कुरा गर्दा निरन्तर असफल भएपछि उनलाई नयाँ फिल्मको अफर पनि गएको छैन । निर्माताहरुले फिल्म क्षेत्रमा अहिले नयाँ नयाँ नायिकाहरुसँग काम गरिरहेका छन् । साम्राज्ञीलाई भने फिल्मको अफर गएको खबर छैन ।