नायक पल शाह धनगढीमा आयोजित एक महोत्सवमा पुग्दा १ लाख मानिस उपस्थित भएको भन्दै आयोजक नै दंग छ । पलले पनि उक्त कार्यक्रमको भिडियोे र फोटोलाई गज्जबले प्रचार गरिरहेका छन् ।
उसो त, नेपाली फिल्म क्षेत्रका नाम चलेका नायक–नायिकामध्ये महोत्सवमा कुद्ने पल एक्ला नायक हुन् । अरु, कलाकार यसरी महोत्सवमा कुँदेको खासै हेर्न पाइदैन ।
तर, पलले भने मिडिया र फिल्मीकर्मीले गरेको आलोचनालाई समेत वेवास्ता गर्दै महोत्सवको यात्रा निरन्तर जारी राखेका छन् ।
महोत्सवमा पुग्दा उनलाई हेर्नेको भिड देखिन्छ । पल पनि दर्शकसँग रमाइरहेका छन् । आफ्ना पछिल्ला हिट गीतमा उनी नृत्य गर्छन् । दर्शकलाई झुमाउँछन् र मोटो रकम वुझ्छन् ।
नायक शाहको महोत्सवमा देखिएको क्रेज हलमा भने देखिएको छैन । यसको पुष्टि पछिल्लो रिलिज ‘रावायण’बाट पनि देखिएको छ । महोत्सवमा पुग्दा जो कोही कलाकारलाई हेर्न पनि दर्शकको भिड लाग्ने भएकाले पलका लागि मात्र यस्तो भिड नभएको धेरैको वुझाई छ ।
नायक शाह ‘महोत्सवका राजा’ बनिरहेका छन् । पूर्वदेखि पश्चिमसम्मका अधिकांश महोत्सवमा पलको क्रेज देखिन्छ । तर, फिल्म हलमा भने उनको क्रेज कमजोर बनिरहेको छ । उनलाई लिएर फिल्म बनाउन पनि निर्माताहरु खासै उत्सुक छैनन् ।
नाम चलेका ब्यानर पलको पछि लागेका छैनन् । पल भने आफ्नो स्टारडम देखिएको भन्दै महोत्सवमै रमाइरहेका छन् ।
प्रतिक्रिया