काठमाडौं– अब नेपालबाट राँगाभैंसीको मासु चीनमा निर्यात हुने भएको छ । यसका लागि सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ र नेपाली कम्पनीबिच मासु निर्यात सम्बन्धी सम्झौता आदान–प्रदान भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर तेस्रो साता भएको चीन भ्रमणका क्रममा नेपालबाट मासु निर्यात सम्बन्धी समझदारी भएको थियो । सोहि सम्झौताका आधारमा नेपालबाट हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीनबाट संघाइ जि याङ फूड कर्पोरेसनबीच मासु निर्यातबारे सम्झौता भएको छ।
यस सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन दिने बताइएको छ । यसका लागि मासुको गुणस्तरीय उत्पादन र पशु रोग नियन्त्रणमा किसानलाई सरकारले सहयोग गर्नुपर्नेमा सम्बन्धित निकायले जोड दिएका छन् ।
प्रतिक्रिया