फौजी’ फिल्मको सेटमा प्रभास घाइते


काठमाडौँ- दक्षिण भारतीय अभिनेता प्रभास घाइते भएका छन् । जापानमा ‘कल्कि २८९८ एडी’को प्रिमियरमा उनी जान नपाउने भएका छन् ।

सामाजिक सञ्जालमा जारी एक वक्तव्यमा अभिनेताले आफू र आफ्नो फिल्मलाई दिएको माया र शुभकामनाका लागि विदेशी दर्शकलाई आभार भनेका छन् । लामो समयदेखि आफू जापानी दर्शकसँग भेट्न उत्सुक रहेको भए पनि सुटिङको क्रममा घुँडामा चोट लागेकोले जापानमा हुन लागेको ‘कल्कि २८९८ एडी’को प्रिमियरमा जान नसक्ने अभिनेता प्रभासले बताएका छन् ।

यसका लागि उनले जापानका मानिसहरूसँग माफी मागेका छन् । पोस्टमा प्रभासले लेखेका छन्, ‘म अनि मेरो कामलाई सधैँ यति धेरै माया बर्साउनु भएकोमा धन्यवाद । म निकै समयदेखि जापान जान भनेर कुरिरहेको थिएँ । तर, छायाङ्कनको क्रममा मेरो घुँडामा चोट लाग्यो र कार्यक्रमको हिस्सा बन्न नसक्ने भएँ भन्ने कुरा बताइरहँदा निकै दुःख लागेको छ ।