आगलागीमा परेर ४३ वर्षीय दीपकको मृत्यु


काठमाडौँ- इलाममा भएको आगलागीमा जलेर एक जनाको युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा देउमाई नगरपालिका ४ मंगलबारे बस्ने ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवा हुन् ।

माई नगरपालिका २ रातेखाडी बस्ने ठकबहादुर लिम्बुको घर नजिकै रहेको उनकै परालको कुन्युमा सोमबार राति आगलागी भएको हो भने आगलागीमा जलेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।