काठमाडौँ- विदेश पठाउने लोभ देखाएर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा घर भएर काठमाडौँ बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङ घर भएर भक्तपुर बस्ने २० वर्षीय मिसन गुरुङ हुन् ।
गिरीले अमेरिका पठाउँछु भनेर ३ जनाबाट २४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जनाए । गुरुङले माल्टा पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेका छन्। उनीहरूलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जनाए।
प्रतिक्रिया