फिल्म ‘रंगी’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ । आज फिल्मको मोसन पोस्टर र पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।
यो फिल्मले बाबु र छोरीको कथा भन्छ । फिल्ममा नायक सलोन बस्नेतको लगानी तथा अभिनय छ । यही फिल्मबाट पूर्व मिस नेपाल नम्रता श्रेष्ठले नायिकाको रुपमा डेब्यू गर्दैछिन् । फिल्ममा सलोनकी छोरीको भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छिन् ।
सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको मुख्य भूमिका छ ।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माणमा तयार भएको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बीसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।
सलोनले पहिलो पटक निर्माण गरेको यो फिल्मको अष्ट्रेलियामा पनि प्रिमियर गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया