काठमाडौँ- वाइन भन्ने बित्तिकै आममानिसहरुमा नराम्रो सोचाइ परिहाल्छ । तर ति आममानिसहरुलाई थाहा नहुन सक्छ कि वाइन हरेक दिन थोरै मात्रामा पिउँदा मुटुको लागि धेरै राम्रो हुन्छ । स्पेनमा गरिएको एउटा नयाँ अध्ययनले वाइन हरेक दिन थोरै मात्रामा पिउँदा मुटुको लागि धेरै राम्रो हुन्छ भनेर विश्लेसण गरिएको छ। तर वाइन अत्याधिक सेवनले मुटुेसम्बन्धी रोगको उच्च जोखिम हुन्छ । यो अध्ययन मुटुसम्बन्धी रोगको उच्च जोखिम भएका ६० वर्ष माथिको मानिसहरूमाझ गरिएको थियो ।
यसमा दैनिक एक चौथाइ ग्लास वाइन पिउनेहरूमा पिउँदै नपिउने मानिसहरूको तुलनामा हर्ट एट्याक वा स्ट्रोक जस्ता मुटुसम्बन्धी रोग लाग्ने जोखिम ५० प्रतिशतले घटेको पाइयको छ । तर दिनको एक ग्लासभन्दा धेरै वाइन पिउनेहरूमा भने वाइनले पार्ने सुरक्षात्मक प्रभाव हराएको अध्ययनका लेखक डा रामोन
एस्ट्रचले भनेका छन् । डा रामोन एष्ट्रचले बार्सिलोना विश्वविद्यालयमा मुटुसम्बन्धी रोग, पोष र बुढ्यौलीको अध्ययन गरिरहेका छन् ।
एस्ट्रचले भन्छन् यो अध्ययनले स्वस्थकर आहार (जस्तै मेडिटेरियन आहार) अपनाउँदै ठिक्क मात्रामा वाइन खानुको महत्त्व धेरै हुन्छ भनेर जाँचेका छन् । अध्ययनले
वाइनलगायतका रक्सीले स्वास्थ्यमा पार्न सक्ने चिरपरिचित क्षतिबारे विचार नगरेको आलोचकहरू बताउँछन् ।
अध्ययनले थोरै मात्रामा वाइन खाँदा मुटुको रोग लाग्ने जोखिम कम हुन्छ भनेर भनेको भए पनि वाइनको बोतल खोल्नुपर्ने भरपर्दो कारण यसले देखाउन नसकेको विज्ञहरू जनाउँछन् । अत्याधिक रक्सीको खपत मुटुको स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।
धेरै रक्सी खाँदा मुटुको रोगको जोखिम बढ्छ साथै उच्च रक्तचाप जस्ता समस्याका साथै कलेजोमा समस्या पनि देखिन्छन् । यसका कारण ६ थरी क्यान्सर हुन्छ भनेर हालै गरिएको एउटा अध्ययनले पनि देखाएको छ । रक्सी खाइने ग्लासको आकारबारे पनि विज्ञहरूले प्रश्न उठाएका छन् ।
‘मान्छेहरूले अलिकति वाइन खानु मुटुको लागि राम्रो हो भनेता पनि धेरै वाइन खानु मुटुको लागि राम्रो होइन भन्ने कुरा आफूहरूलाई थाहा भएको अक्सफोर्ड विश्वविद्यालयमा कार्डियोभस्कुलर मेडिशिनका प्राध्यापक पल लिसनले भनेका छन् । लिसन यो अध्ययनमा भने सहभागी भएका छैनन् ।
प्रतिक्रिया