काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘व्यवस्था बदलियो तर अवस्था बदलिएन भन्ने’ भ्रम फैलाइएको भन्दै आपत्ति जनाए । उनले त्यस्ता भ्रमप्रति सचेत हुन आग्रह गर्दै मुलुकमा व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारी वृद्धिका साथै थुप्रै ठुला उद्योगहरू सञ्चालनमा आएका दाबी गरे।
हिजो ९मंगलबार० ललितपुर महानगरको स्थापना दिवसमा सम्बोधन गर्दै उनले अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि दाबी गरे ।
उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको पनि जानकारी दिए । आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे ।
प्रतिक्रिया