श्रीमानले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या


काठमाडौँ- दाङमा श्रीमानले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका(२ मा ३० वर्षीय चित्रबहादुर बुढाथोकीले घरयासी झगडामा धारिलो हतियार प्रहार गरेर २८ वर्षीया श्रीमती हस्तकुमारी बुढाथोकीको हत्या गरेका छन् ।

आइतबार बिहान १० बजे घरायासी झगडामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बताए ।

श्रीमतीको घटनास्थलमै मृत्यु भएपछि श्रीमानलाई हिरासतमा लिएका छौ उनले भने । अझै थप अनुसन्धान भइरहेको छ ।